एस्तर 7
Nepali Bible: Easy-to-Read Version
हामानलाई झुण्ड्याइयो
7 यसकारण राजा र हामान रानी एस्तर को भोजमा गए। 2 दोस्रो दिनमा जब राजाले दाखरस पिउँदै थिए उनले एस्तरलाई भने, “तिमी जे पनि निवेदन गर्छौ, रानी एस्तर गर, त्यो तिमीलाई प्रदान गरिनेछ। तिमी जे चाहन्छौ, आधा राज्य पनि तिम्रो लागि दिइन्छ, भन तिम्रो विन्ती के छ?”
3 अनि रानी एस्तरले जवाफ दिइन्, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस् यो मेरो निवेदन हो। 4 किनभने म र मेरा मानिसहरू विनाश हुन मारिन र ध्वंश गरिन बेचिएका छौं। यदि हामी कमरा स्वरूप मात्र बेचिएको भए म शान्त हुने थिएँ। म यस्तो तुच्छतामा राजालाई झन्झट दिने थिईंन होला। म चुपचाप भए पनि हुनेथियो किनभने यस्तो अर्थ दासत्व सच्चाईले राजालाई दुःखीत नबनाएको भए पनि हुने थियो।”
5 अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोच्न सक्छ?”
6 अनि एस्तरले भनिन्, “त्यो अभिमानि मान्छे, हाम्रो शत्रु, यो दुष्ट हामान हो।”
हामान, राजा अनि रानी समक्ष भयभित भए। 7 अनि राजा क्रोधले उठे तिनी दाखरस छाडेर भोजबाट राजमहलको वाटीकामा गए। अनि हामान रानीसँग आफ्नो प्राणको भिक्षा माग्न उभिए, किनभने तिनले सोचे राजाको दण्ड ठूलो हुनेछ। 8 तब राजा बगैंचाबाट भोजन कोठामा फर्किदै थिए अनि तिनले हामानलाई एस्तर रानी पल्टिरहेको सोफामा लडिरहेका देखे। राजाले रिसाएर भने, “म घरमा भएकै बेलामा तैंले रानीलाई आक्रमण गरिरहेछस्।”
जब ती वचनहरू राजाको मुखबाट निस्किए राजाका नोकरहरूले हामानलाई बन्दी बनाए। 9 तब हर्बोना, राजाको समक्ष सेवा गर्ने एक जना नपुंसकले भने, “राजालाई सावधान गराउनेमानिस मोर्दकैको निम्ति हामानले बनाएको 75 फीट अग्लो फाँसी हामानको छत्मा खडा छ।”
राजाले भने, “त्यसलाई त्यो फाँसीमा भुण्डयाऊ।”
10 यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।
© 2004, 2010 Bible League International